भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्यो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौँ पछाडि धकेलेको बताएका छन् । सोमबार घर फर्क राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाए । उनले यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने बताए ।

प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने जिकिर गरे ।प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना आवश्यक रहेको बताए । राजनीतिक दलहरू छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनःस्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको महासचिव पोखरेलले बताए । अहिलेको अवस्थामा फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए ।

उनले भने,‘वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको छ । यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन । हाम्रो पार्टीको मान्यता छ, २३ र २४ गतेको घटनाले मुलुकलाई अगाडि होइन, दशकौँ पछाडि धकेल्ने काम भएको छ । प्रतिगमनकारी षड्यन्त्रलाई हामीले पराजित गर्न सकेनौँ भने मुलुकको लोकतान्त्रिक दिशा सही बाटोमा अगाडि बढ्न सक्दैन ।

प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गर्नुपर्दछ । त्यो हाम्रो एजेण्डा हो । भन्न राजनीतिक दलहरू भित्र छलफलमा भन्ने गर्नुहुन्छ, सबैभन्दा उपयुक्त बाटो त प्रतिनिधि सभाको पुनःस्थापना नै हो । तर अहिले भन्न मिल्दैन । के भय छ ? अहिलेको अवस्थामा फागुन २१ गते चुनाव हुनसक्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ ? चुनाव हुने वातावरण त छैन तर चुनावलाई अस्वीकार गर्न सकिँदैन के भनेको ?’ महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको आगामी दिनमा यसले निरन्तरता पाउने बताए । उनले एमाले वैचारिक, राजनीतिक रूपमा स्पष्ट रहेको पनि बताए ।

हामीले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको भनेर दिएको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएका

Read More »

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई

Read More »

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »