कांग्रेसले निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्छ : नेता गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले  २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर पार्टीले आफ्नो सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । विषम परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट अलिकति अलग हुन बाध्य भएको नेपालको संविधानलाई चुनावले मात्रै मूलबाटोमा ल्याउन सक्ने उनले बताए ।

कांग्रेसको केन्द्रीय कार्यसमिति देखि वडा कार्य समितिसम्मका सबै तहहरू तन, मन र वचनले चुनावको तयारीमा लाग्नुपर्नेमा उनले जोड दिए । चुनावले मात्रै बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित राख्न सक्छ र चलायमान बनाउन सक्ने उनको भनाइ छ । प्रतिनिधि सभा पुनर्बहालीको सम्बन्धमा सर्वोच्च अदालतको निर्णय नेपाली काँग्रेसलाई स्विकार्य हुने पनि उनले बताए ।

गुरुङले बुँदागत रूपमा केही सुझाव समेत अघि पारेका छन्–

१, नेपाली कांग्रेसले प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक तर्फ), राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरूको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनु पर्छ । पार्टीमा  राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनु पर्छ ।

२, नेपाली कांग्रेसको विधानको धारा (२३) अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समितिलाई पूर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका  युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ ।

३, नेपाली कांग्रेसको विधानको धारा ३१ को उपधारा १ (घ) अनुसार गठन हुने  केन्द्रीय संसदीय समितिलाई पूर्णता दिनु पर्छ र यसमा  अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ ।

४, नेपाली कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहको निर्वाचनमा एक्लै आफ्नो उम्मेदवार लिएर चुनावमा जानु पर्छ । अन्य कुनै पनि दलसँग प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु हुँदैन ।

५, तर, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले आवश्यक अवस्थामा आवश्यकता अनुसार अन्य दलहरूसँग गठबन्धन गर्न सकिने ढोकालाई पनि खुल्ला राख्नु पर्छ ।

६, नेपाली कांग्रेसले या त प्रतिनिधि सभामा आफ्नो एकल बहुमत नआएसम्म सरकार गठन नगर्ने वैधानिक व्यवस्था गर्नु पर्छ । या त प्रतिनिधि सभामा पार्टीको एकल बहुमत नरहेको अवस्थामा सरकार निर्माणको क्रममा अन्य दलहरूसँग आवश्यकता अनुसार गठबन्धन गर्न सकिने विकल्पलाई पनि खुल्ला राख्ने निर्णय गर्नु पर्दछ ।

गठबन्धनको विषयमा मौसम अनुसार बोल्ने र मुड अनुसार बोली परिवर्तन गरिरहने प्रवृत्तिलाई रोक्ने वैधानिक व्यवस्था पार्टीले गर्नुपर्ने गुरुङले बताए ।

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »

एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७

Read More »

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »