इस्लामावाद अदालतबाहिर भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

पाकिस्तान । मंगलबार दिउँसो १२ः३० बजे इस्लामाबाद जिल्ला अदालत बाहिर एउटा ठूलो विस्फोट भयो । यो विष्फोटमा अहिलेसम्म मर्नेको सङ्ख्या १२ जना पुगेको छ । अरु २७ जना घाइते भएको खबर आएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजाआसिफले घटनालाई देशको लागि गम्भीर चुनौती भनेका छन् ।

‘हामी युद्धको अवस्थामा छौँ । यो आक्रमण अफगानिस्तानसँग जोडिएको आतंकवादको सन्देश हो, जसलाई पाकिस्तान रोक्न पूर्ण रूपमा सक्षम छ,’ उनले भने । यो केवल सीमा वा बलुचिस्तानको कुरा मात्र नभएर सम्पूर्ण पाकिस्तानको लागि खतरा भएकोमा उनले जोड दिएका थिए ।

स्थानीय प्रहरीका अनुसार अदालत क्षेत्रमा भारी ट्राफिक र भिडभाड भएको बेला विस्फोट भएको थियो । विस्फोटमा धेरै वकिल र नागरिक घाइते भएको बताइएको छ । घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा भर्ना गरिएको र उनीहरूको उपचार भइरहेको भनिएको छ । प्रहरीले घटनास्थललाई सिल गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

विस्फोटको कारण, सम्भावित लापरबाही र अन्य कारकहरूको अनुसन्धान गर्दै सुरक्षा बल र फोरेन्सिक टोलीहरू घटनास्थलमा खटाइएको छ । घटनापछि अदालत परिसर र वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । हालका लागि सबै अदालती गतिविधिहरू स्थगित गरिएको छ । प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको छ ।

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६

Read More »

लामो अन्तरालपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता

Read More »

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »

एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७

Read More »

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »