वृद्धाको हत्या गरी गरगहना लुटपाट गर्ने महिला पक्राउ

धनुषा । धनुषा जिल्लाको हंसपुर नगरपालिका-७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे हंसपुर-७, नुवाखोर टोल बस्ने विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र ईलाका प्रहरी कार्यालय सुगानिकास समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। अनुसन्धानका क्रममा सोही टोल बस्ने ४५ वर्षीया पवित्री देवी मण्डलले कर्तव्य गरी मृतकको गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकी मण्डलको साथबाट मृतकको लुटिएका गरगहनाहरू २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा बरामद गरिएको छ। साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्।

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »

एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७

Read More »

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »