नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६ः३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

मोहर्रम पर्वका अवसरमा ताजिया विसर्जनका लागि ठूलो सङ्ख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जनस्थलबाट करिब ७०० मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले खोजीका क्रममा आकाश पासीलाई नदीबाट उद्धार गरी उपचारका लागि भीम अस्पताल भैरहवा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । बेपत्ता भएका अरमान पठानको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी छ ।

प्रहरीका अनुसार वर्षाका कारण रोहिणी नदीमा पानीको सतह बढेको र पानी धमिलो रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »