विपद् व्यवस्थापनमा सहकार्यका लागि प्राधिकरण र एआइटीका अधिकारीबीच छलफल

काठमाडौँ, २६ कात्तिक । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजिका डिन प्रोफेसर सङ्गम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको पहिरो, बाढीलगायत विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

उहाँहरूबीच एआइ मोडुल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनको विस्तृत क्षति अध्ययन (ड्यामेज ग्रेड डिटेक्सन) गर्नेबारे पनि छलफल भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । यसैगरी नेपाली विद्यार्थीहरूका लागि उक्त विश्वविद्यालयमा इन्टर्नसीप गराउन सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । यसका लागि प्राधिकरण र विश्वविद्यालयले सम्झौता गरेर सहकार्यलाई अघि बढाउने कुरा भएको प्रोफेसर श्रेष्ठले जानकारी दिनुभयो ।

थाइल्याण्ड भ्रमणमा रहनुभएका कार्यकारी प्रमुख भट्टले उक्त विश्वविद्यालयको वाटर इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा रहेको हाइड्रोलिक्स ल्याब र एआइ एण्ड सिमुलेसन ल्यावको पनि अवलोकन गर्नुभएको छ । उक्त अवसरमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो चुनौतीका रूपमा देखा परेको सीमापार सूचना आदानप्रदानमा आर्टिफिसियल इन्टेलिजेन्सको कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे र विपद्को अध्ययन अनुसन्धानमा ड्रोन प्रयोगको सम्भाव्यताबारे पनि छलफल भएको प्रमुख भट्टले बताउनुभयो ।

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »

एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७

Read More »

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »