‘जेनजी’ आन्दोलनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

काठमाडौं, २८ कात्तिक । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए । उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ ।

सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ ।

वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा २ हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । तीमध्ये ११ जनाको अस्पतालमा उपचाररत छन् ।

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार

Read More »

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

Read More »

एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७

Read More »

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »