एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ, २५ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका हुन् ।

योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो ।  लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो ।

आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड

काठमाडौँ : नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् । बुधबार नेपालमा कम्यनिस्ट पार्टीको स्थापना

Read More »

प्रचण्डको चेतावनी : पार्टीमा बसेर रडाको गर्नेहरु बाटो लागे हुन्छ

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निराशाको कुरा सुनाउने मान्छे आफ्ना अगाडी नआए हुन्थ्यो जस्तो लाग्ने गरेको बताएका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित पार्टी

Read More »

यो सरकारको लक्षण राम्रो देखिँदैन : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहासको समग्र समीक्षा हुनुपर्ने बताएका छन् । साथै उनले कम्युनिस्ट

Read More »

प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री सुधन

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र साह(बालेन)सँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न

Read More »

बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् । वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै

Read More »