द ब्रिटिश कलेजमा आन्दोलनका नाममा रकम मागेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् । कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं.४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका वर्ष २८ का ढकाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने ढकाल मुलुकी अपराध संजहता, २०७४ को दफा २५३ बमोजिम आपराजधक लाभ (एक्सिसइन) सम्बन्द्धी कसूरमा पक्राउ परेको प्रहरीले जनाएको छ । ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेजको व्यवस्थापकसँग भएका भेटघाटका क्रममा डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको कलेज प्रशासनको भनाइ छ ।

ढकालविरुद्ध सामाजिक सञ्जाल तथा सीमित अनलाइन समाचार पोर्टलमार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक प्रभाव पार्ने सामग्रीहरू फैलाएको आरोप पनि लागेको छ । त्यस्तै, गत पुस ८ गते ब्रिटिश कलेज रहेको भवन ट्रेड टावर परिसरमा नारा जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पु¥याउने गतिविधिमा ढकाल पनि संलग्न भएको कलेजको दावी छ ।

ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थी समेत हुन् । पीडित पक्षले दिएको जाहेरीमा धम्कीपूर्ण ह्वाट्सएप म्यासेज, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरिएको थियो । सोही आधारमा ढकाल पक्राउ परेका हुन् ।

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्वन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव

Read More »