मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्वन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिकार कुनै पनि हालतमा हनन् हुन नहुने बताए।

उनले भने, ‘मानव अधिकारको संरक्षण र सम्वर्द्वन गर्ने काम सरकारको हो । व्यवसाय सञ्चालन गर्दाखेरि मानव अधिकार हनन हुन दिनु हुँदैन । यदि अधिकार हनन भएको छ भने त्यसको प्रभावकारी उपचार र न्यायको व्यवस्था हुनुपर्छ ।’

अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै आदिवासी जनजाति समुदायका अधिकारको पनि सम्मान हुनुपर्ने बताए ।

‘आदिवासी जनजातिहरूको अधिकार पनि हनन हुनु भएन, विकास पनि हुनुप¥यो। व्यवसायीले काम पनि गर्न पाउनुप¥यो, तर संविधानले दिएको अधिकारको सम्मान गर्दै अघि बढ्नुपर्छ,’उनले भने ।

उनले आयोगमा विभिन्न विकास आयोजना तथा पूर्वाधार निर्माणका कारण प्रभावित समुदायबाट उजुरीहरू आउने गरेको जानकारी दिए । कतिपय स्थानमा स्थानीय बासिन्दाको भोगाधिकार, परम्परागत अधिकार तथा संस्कारसँग सम्बन्धित विषय प्रभावित भएको गुनासो आयोगमा परेको उनको भनाइ थियो ।

मगरले विद्युत् पूर्वाधारको लापरवाहीका कारण नागरिकको ज्यान गएको घटनाप्रति पनि चिन्ता व्यक्त गरे । कालीकोट र महोत्तरीका घटनाको उदाहरण दिँदै उनले सम्बन्धित निकायको जवाफदेहिता आवश्यक रहेको बताए।

‘व्यवसाय हुनुप¥यो, तर जनताको ज्यान जानु भएन। त्यहाँ के त्रुटि भयो, किन रोक्न सकिएन भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ,’उनले भने।

उनले व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्ने उपायबारे संवादबाट ठोस सुझाव आउने विश्वास व्यक्त गर्दै कार्यक्रमले मानव अधिकारमैत्री विकास र उत्तरदायी व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरे।

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्वन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव

Read More »