पृथ्वीनारायण शाहका उपदेश आज पनि सान्दर्भिक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी हुन् ।

भण्डारीले साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपालको निर्माण हुनु इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गरेकी छन् । उनले आफ्नो सन्देशमा नागरिकको सल्लाह र सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व र पुर्खाहरूको त्यागका कारण नै नेपालको स्वतन्त्र अस्तित्व जोगिएको बताएकी छन्।

ऐतिहासिक एकीकरणकै आधारभूमिमा उभिएर आजको सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेको भन्दै उनले पुर्खाहरू प्रति कृतज्ञ हुनुपर्नेमा जोड दिएकी छन् । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिनु नै सभ्य समाजको पहिचान भएको उनको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्रका साथै सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरेकी छन् । राष्ट्रिय एकता दिवसले देशभक्तिको भावना सबल बनाई सामाजिक सदभाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरेकी छन् । साथै यस दिवसले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत उनले गरेकी छन् ।

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्वन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव

Read More »