नयाँ पुस्ताले अब पार्टीको नेतृत्व गर्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौँ : नेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका छन् । काँग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका हुन् ।

‘पुस्ता बदलिएको छ । जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ । नयाँ युवायुवतीलाई मौका दिनुपर्छ,’ उनले भने, ‘इतिहासको ब्याज खाएर मात्र अब चल्दैन ।’ उनले आफू कुनै लोभ बोकेर नआएको भन्दै पार्टी हितको लागि जस्तो सुकै त्याग गर्न नेतृत्व तयार हुनु पर्ने बताए ।

‘म कुनै लोभ बोकेर यहाँ आएको छैन । कुनै अपेक्षा लिएर पनि आएको होइन । पार्टी हितको लागि जस्तो सुकै त्याग गर्न पनि तयार हुनुपर्छ भन्ने धारणा लिएर आएको हुँ । मैले इतिहासका धेरै उथलपुथल देखेको छु, धेरै अनुभव पनि गरेको छु,’ उनले भने ।

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्वन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव

Read More »