ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै नयाँ सनसनी फैलाएका छन् । यससँग सम्बन्धित एउटा तस्बिर पनि उनले सेयर गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरेका हुन् ।

ट्रुथ सोसलमा सेयर गरिएको पोस्टमा भेनेजुएलाको हालैको घटनाक्रमपछि ट्रम्पलाई कार्यवाहक राष्ट्रपतिका रूपमा देखाइएको डिजिटल रूपमा सम्पादित एउटा तस्बिर देखिन्छ । ट्रम्पले यसअघि भेनेजुएलामा सैन्य कारबाही गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी विश्वभर हलचल मच्चाएका थिए ।

अमेरिका भेनेजुएलामा के गर्न चाहन्छ ?
अमेरिका आफ्ना तेल कम्पनीले भेनेजुएलामा लगानी गरून् भन्ने चाहन्छ । त्यहाँको तेल उत्पादन र पूर्वाधारलाई पुनः खडा गरियोस् भन्ने अमेरिका चाहन्छ । भेनेजुएलाको तेलको विश्वव्यापी बिक्रीमा अमेरिकाको पकड कायम रहोस् भन्ने उसले चाहेको छ । ट्रम्प प्रशासनले यसलाई आर्थिक पुनर्निर्माणको बाटोका रूपमा प्रस्तुत गरिरहेको छ ।

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्वन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव

Read More »