कांग्रेस रबर हो, जो तन्कन्छ चुँडिदैन : गोकुल बास्कोटा

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसलाई रबरसँग तुलना गर्दै तन्कने तर नचुँडिने बताएका छन्। कांग्रेसमा वामपन्थी जार्गनयुक्त बालहठभन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको बताउँदै उनले कांग्रेस तन्किने तर नचुँडिने जिकिर गरे। ‘कांग्रेस रबर हो, जो तन्कन्छ चुँडिदैन- त्यहाँ वामपन्थी जार्गनयुक्त बालहठभन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट छ। मातृका र देउवा अपवाद हुन्,’ उनले सामाजिक सञ्जालमा लेखे।

बास्कोटाले मातृका र देउवा अपवाद भएको भन्दै देउवाले पार्टी मात्र फुटाएनन् डेमोक्रेसी नै दरवारमा बुझाइ दिएको भनाइ राखे। गगन-विश्वका राजनीतिक एजेन्डा ठीक देखिए पनि ४० प्रतिशतको देउवापथ उनीहरूले त्याग्नुपर्ने सुझाव दिए। उनले भने, ‘देउवाले पार्टी मात्र फुटाएनन् डेमोक्रेसी नै दरवारमा बुझाइ दिए। गगन-विश्वका राजनीतिक एजेडा ठीक देखिए पनि ४० प्रतिशतको देउवापथ उनीहरूले त्यागुन्।’

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »