कुलमान घिसिङले भने : एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अत्यन्तै पीडादायी रहेको बताएका छन् । मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘उज्यालो नेपाल पार्टी घोषणा गरेको एक महिना पनि नबित्दै कार्यगत एकता भन्दा पनि एकिकृत चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्यो । त्यो अचानक भएको थियो । सबैको भावनालाई समेट्न पर्छ भनेर एकीकरणको प्रक्रियामा हामी गयौं । त्यो अत्यन्तै पीडादायी भयो । १२ दिन अत्यन्तै पीडादायी रहयो ।’

घिसिङले बताए अनुसार उक्त एकता जेनजी आन्दोलनपछि नयाँ शक्तिसँगै एक हुनुपर्ने भावना अनुरूप उज्यालो नेपाल पार्टी घोषणा भएको महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकिकरण प्रक्रिया सुरु भएको थियो ।

उनले भने, ‘कार्यगत एकता भन्दा पनि एकीकृत चरणमा जानु आवश्यक थियो। यो प्रक्रिया अत्यन्तै पीडादायी रह्यो । बाह्र दिन लामो छलफलपछि मात्रै हामीले सहमति र एकता सुनिश्चित गर्न सकेका थियौं ।’ अध्यक्ष घिसिङका अनुसार उज्यालो नेपाल पार्टीले आफ्नो समानुपातिक मत पनि छोडेर सहकार्य र एकताको पक्षमा अघि बढेको थियो ।

उनले स्पष्ट पार्दै भने, ‘हामीले लिखित वा विशेष माग राखेका थियौं भने पनि एकजना प्रधानमन्त्री हुने र एकजना पार्टी सभापति हुने सहमति मात्र थियो । त्यो भन्दा बढी कुनै कुरा मागेको थिएनौं ।’

घिसिङले आफ्नो अनुभव साझा गर्दै बताए कि विभिन्न चरणमा पार्टीका सदस्यहरू छुट्टाछुट्टै भेट्न पुगेका कारण एकीकरण प्रक्रिया थप चुनौतीपूर्ण बनेको थियो। उनले अन्ततः साधारण सदस्य भएर पनि एकीकरणलाई टुङ्ग्याउन सफल भएको स्मरण गरे।

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको एकीकरणले नयाँ राजनीतिक समीकरणमा असर पुर्याउने र आगामी निर्वाचन तथा पार्टी क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »