सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ,, २९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताउनुभएको छ । उहाँले जेनजीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज निरीक्षणका क्रममा मन्त्री खरेलले जिल्ला प्रशासनले पछिल्लो समय गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले हाल सेवाग्राहीलाई पब्लिक अनाउन्समेन्ट सिस्टम (पिएसस) लागू गरेको छ । यो प्रणाली लागू भएपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुशासन र नागरिक सरकारको भावनाअनुरुप पिएसस प्रणाली प्रभावकारी रहेको जानकारी दिनुभयो ।

उहाँले दुई वर्षअघि दुई घण्टा लगाएर आफ्नो छोरीको नागरिकता लिनुपरेको अनुभव सुनाउँदै अहिले प्रशासनबाट यो प्रणाली लागू भएपछि आधा घण्टामा सेवाग्राहीलाई नागरिकता प्रदान गर्न सकिएको बताउनुभयो । उहाँले यो प्रणाली देशभरिकै जिल्ला प्रशासनमा लागू गर्न सके नागरिकले सुशासनको अनुभूति गर्न सक्ने धारणा राख्नुभयो । सञ्चारमन्त्री खरेलले पिएसएस प्रणालीलाई देशव्यापी बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव राख्ने बताउनुभएको छ । उहाँले जेनजी आन्दोलनमा जलेको जिल्ला प्रशासनको भवन निरीक्षण गर्नुभएको थियो ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »