टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर (धनुषा), १ माघ। जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते हुनुभएको छ । आज जनकपुरधामस्थित शुभचोकमा टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ज७प २८३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । त्यस्तै, जनकपुरधामको रामानन्द चोकमा टिपरको ठक्करबाट साइकलमा सवार एक महिला गम्भीर घाइते हुनुभएको कुवँरले बताउनुभयो । उहाँका अनुसार प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला बिहारी नगरपालिका–७ तारापट्टीकी ३० वर्षीया नितु साह गम्भीर घाइते हुनुभएको हो ।

नितुको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिकाभित्र ठूला तथा भारी सवारीसाधनको अव्यवस्थित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उहाँको भनाइ छ । समय र रुट निर्धारण नगरी टिपर, ट्रक, बस तथा ट्यक्टटरजस्ता सवारीसाधन व्यस्त बजार क्षेत्रमा सञ्चालन हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका प्रहरी नायब उपरीक्षक बमले बताउनुभयो ।

“प्रहरीले स्थिति नियन्त्रणमा लिँदै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेको छ भने टिपरलाई सुरक्षित रूपमा घटनास्थलबाट हटाएर थप अनुसन्धान सुरु गरिएको छ”, प्रहरी प्रवक्ता बमले भन्न्ुभयो । प्रहरीले दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ । व्यस्त बजार क्षेत्रमा बढी क्षमता (ओभरलोड) र तीव्र गतिमा ठूला सवारीसाधन सञ्चालन हुँदा दुर्घटना बढ्दै गएको भन्दै स्थानीयवासीले उपमहानगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »