ढिलोमा शनिबारसम्म अभिलेख अद्यावधिक हुन्छ भन्ने विश्वास गरेका छौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले निर्वाचन आयोगले शनिबारसम्म अद्यावधिकको विषय टुङ्ग्याउने विश्वास लिएको बताएका छन् ।

बिहीबार नवनिर्वाचित कार्यसमितिको अद्यावधिक गर्ने पत्र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई बुझाएपछि सञ्चारमाध्यमसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

महाधिवेशनले बिहीबार बिहान निर्वाचन प्रक्रिया टुङ्ग्याएर १३७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । सम्पूर्ण पदाधिकारी तथा कानुनविद्सहित आयोग पुगेर सभापति थापासहित यो विवरण अद्यावधिकका लागि बुझाएका हुन् ।

थापाले फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि माघ ६ गतेसम्म प्रत्यक्षतर्फको सूची बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको भन्दै त्यसका लागि आयोगले समयमै अद्यावधिक गरिदिने विश्वास व्यक्त गरेका थिए ।

सो क्रममा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद घिमिरेले यसबारे कुनै प्रतिक्रिया नदिई थापाले बुझाएको विवरण लिएर बाहिरिएका थिए ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »