नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन् । ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए ।

अध्यक्ष ओलीले संघर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने,‘इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ । बलिदानको शृङ्खला पहिले पनि थियो, अहिले पनि जारी छ । जनतामाथि आक्रमण र दमनका बीचमा पनि जनताले संघर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन् ।’

उनले उपलब्धि र संघर्ष दुवै सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै अझैपनि त्याग र बलिदान गर्नुपरेको बताए । अध्यक्ष ओलीले वर्तमान राजनीतिक संघर्षको मुख्य विषय नेपालमा नेपालीकै सरकार स्थापना गर्ने रहेको स्पष्ट पारे । उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएकाले यहाँ विदेशी होइन, नेपाली सरकार हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘आजको राजनीति हामीले बुझ्न जरुरी छ । आजको राजनीति र राजनीतिक लडाई दुईवटा कुराको बीचमा छ । पछिको गन्तव्य अर्को होला प्रतिक्रियावादीहरुको । आजको गन्तव्य नेपालमा नेपाली सरकार बन्नु हुँदैन । उनीहरुको कुरा यस्तो छ, अहिले हाम्रो संघर्ष अरु भन्दा पनि नेपालमा नेपालीको सरकार हुनुपर्छ । नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो । यो स्वतन्त्र राष्ट्र हो र यहाँ नेपाली सरकार हुनुपर्दछ । विदेशीको सरकार होइन ।’

उनले नेपालीकै सरकार हुनुपर्छ भन्ने शक्तिहरूमाथि आक्रमण भएको आरोपसमेत लगाए । उनले मनोबल कमजोर पार्न व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भवनमा आगजनी गरिएको तथा नेपाली अर्थतन्त्र बलियो हुनुपर्छ भन्ने उद्योग–व्यवसायहरूमा आक्रमण गरिएको बताए । अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेहरुको घरहरुमा छानीछानी आगो लगाइयो । त्यस्तो भन्ने राजनीतिक पार्टीहरु जलाइएका छन् । नेपालीकै सरकार भएको हुनाले नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका भवन आगो लगाउने, कार्यपालिका भवन आगो लगाउने, न्याय पालिका भवन आगो लगाउने, नेपालको राष्ट्रिय अर्थतन्त्र, नेपाली अर्थतन्त्र हुनुपर्छ भन्ने अरुका उद्योगहरु जलाउने काम भए ।’

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »