गगन थापाको नेतृत्वलाई स्वीकार गरेर कांग्रेस अघि बढ्नुको विकल्प छैन : सुनिल शर्मा

काठमाडाैँ ।  नेपाली कांग्रेसका नेता नेता डा.सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवफ दिने क्रममा उनले निर्वाचन आयोगले आधिकारिकता दिलाएको कांग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरु पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गरेका हुन् ।

उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताए । नेता शर्माले संस्थापन पक्षका नेताहरुलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरुले मिलाएर लैजाने विश्वास समेत व्यक्त गरे । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लैले लडने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गरे । गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरु लाग्ने नेता शर्माको भनाइ थियो ।

उनले भने, ‘पार्टीमा अधिकांश मानिसहरु उत्पीडित थिए । स्पेसल्ली ५ वर्ष भित्रमा नहुनुपर्ने धेरै कुराहरु कांग्रेस पार्टी भित्र भएका थिए । संस्थापनमा नलागेका साथीहरुलाई उत्पीडनमा राखिएको थियो । टिकट वितरणमा ठूलो चलखेल हुन्थ्यो । यी विविध कुराहरुले गर्दा पब्लिक, आम नागरिक र क्याडरले पनि चेन्जेज चाहेको थियो । त्यो चेन्जको यो एउटा परिणाम हो । अब यसलाई सबैले स्वीकारेर जाने र पार्टीलाई मिलाएर जाने बाहेक अर्को विकल्प छैन । पार्टीलाई मिलाउनुपर्छ दुवै पक्षका नेताहरुले । अहिले पार्टी फुटेको होइन ।’

उनले देउवा पक्ष ओलीसँग मिल्न जान्छ भन्ने नलागेकाे बताए । उनले भने, ‘देउवा पक्ष ओलीसँग मिल्न जानुहुन्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन । सिंगल चुनाव लडछ । २६५ वटै ठाउँमा हाम्रा उम्मेदवारहरु हुन्छन् । मलाई लाग्छ– हामी मेजरिटी ल्याउँछौ । मलाई के लाग्छ भने नयाँ आएको टिम हाम्रा दाईहरु हुनुहुन्छ, हिजो भएको मिस्टेक अब हुँदैन होला । अहिले गठबन्धन हुन्छ जस्तो मलाई लाग्दैन । अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ भन्ने नै हो । त्यसमा दुविधा छैन, बनाउने हो ।’ नेता शर्माले कांग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताए ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »