एमाले उम्मेदवार तामाङको प्रतिबद्धता– गाँजा खेतीलाई वैधानिकतादेखि घरायसी विद्युत् निःशुल्क गराउनेसम्म

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उम्मेदवार बनेका शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन र जनमुखी विकासलाई आफ्नो मूल एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् ।

एमालेबाट उम्मेदवारका रूपमा निर्णय भएपछि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै तामाङले आफू निष्ठा, इमानदारी र नैतिकताको बलमा जनतासँग निरन्तर उभिने स्पष्ट पारे । ‘यो जिम्मेवारी व्यक्तिगत उपलब्धि होइन, जनताको विश्वास, आशा र साझा सङ्कल्पको प्रतिबिम्ब हो,’ उनले भने, ‘जनताको आवाज सांसदसम्म पुर्‍याएर न्याय, सुशासन र विकासका लागि दृढतापूर्वक उभिन्छु ।’

उम्मेदवार तामाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई व्यवहारमा उतार्न भ्रष्टाचार अन्त्य र सुशासनलाई पहिलो प्राथमिकतामा राखेका छन् । सबै सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउन पहल गर्ने, सबै सरकारी सेवा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने, कमिसन नियन्त्रणका लागि कडा कानुन ल्याउने उनको घोषणा छ ।

त्यसैगरी, उनले गाँजा खेतीको वैधानिकता, कोदोको रक्सीलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, स्वास्थ्य बीमालाई शतप्रतिशत कार्यान्वयन गरी नागरिकको उपचार सुनिश्चित गर्ने र घरायसी प्रयोजनको विद्युत् निःशुल्क बनाउन संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘म भ्रष्टाचार गर्दिन, हुन पनि दिन्नँ– यो मेरो प्रतिबद्धता हो,’ तामाङले स्पष्ट पार्दै भने, ‘बरु जीवनमा भोकै मर्नेछु, तर जनता र देशको नाममा एक पैसा पनि भ्रष्टाचार गर्दिनँ ।’ अघिल्लो कार्यकालमा जनताको अपेक्षा शतप्रतिशत पूरा गर्न नसकेको स्वीकार गर्दै उनले सिन्धुपाल्चोकको शिर कहिल्यै निहुरिने काम नगरेको र भविष्यमा पनि नगर्ने दाबी गरे । ‘निष्ठा, इमान, पारदर्शिता र जनताप्रतिको वफाकारिता नै मेरो राजनीतिक जीवनको मूल मन्त्र हो,’ उनको भनाइ छ ।

निष्ठाको राजनीति गर्ने एमालेका शालीन नेता तामाङले आफूलाई उम्मेदवार बनाउने पार्टी निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित सिङ्गो पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेका छन् । साथै, मतदाता, शुभेच्छुक, कार्यकर्ता र समर्थकहरूलाई साथ, सहयोग र सुझावका लागि अपिल गरेका छन् ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »