एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ (स्याङ्जा), ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट दुई उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले स्याङ्जा क्षेत्र नं १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा खिमबहादुर थापाको नाममा टुङ्गो लगाएको हो । गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य हुनुहुन्छ । नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्षको जिम्मेवारी लिइसक्नुभएका गुरुङले विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्व लिएर काम गर्नुभएको अनुभव छ । क्षेत्र नं २ मा छनोट हुनुभएका थापा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।

विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा थापा विजयी हुनुभएको हो । दोस्रो पटक गाउँपालिकाको अध्यक्षका रूपमा बहालवाला रहँदारहँदै थापालाई पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यमा छनोट गरेको हो । प्रतिनिधिसभा सदस्यमा छनोट भएसँगै गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर निर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय हुने उहाँले बताउनुभयो । थापा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिव र नेकपा एमालेको केही समयअघि सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको थियो । स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनका गतिविधि सञ्चालन भइरहेका छन् ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसपटकको निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता छन् । विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक जना मतदाता छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । नेकपा एमालेबाहेक अन्य राजनीतिक दलले स्याङ्जामा आधिकारिक रूपमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ ।

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक

Read More »