पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद : पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई जानकारी दिँदै भने, “आगलागी गुल प्लाजामा सुरु भएको थियो । यो बहुमंजिला मल एमए जिन्नाह रोडमा अवस्थित छ र यहाँ एक हजार २०० भन्दा बढी पसलहरू छन् ।”

प्रवक्ता अनुसार, दमकल टोलीहरूले लगातार काम गर्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगो मलका धेरै तलाहरूमा फैलिएको छ ।

रेस्क्यु ११२२ का अधिकारी हस्सानुल हसीब खानले आइतबार बिहानसम्म करिब ४० प्रतिशत आगो नियन्त्रणमा आएको बताएका छन् । “अधिकांश पसलहरूमा भाँडा, लत्ताकपडा, बिजुलीका सामान, सौन्दर्य सामग्री र इत्र रहेका थिए, जसले आगोलाई बढाएको छ,” उनले भने । साथै, प्लाजाको एउटा भाग भत्किएको र एक उद्धारकर्मी त्यसमा पुरिएको जानकारी दिए ।

उद्धार अधिकारीका अनुसार, केही मानिसहरू अझै भवनभित्र फसेका छन् र तिनीहरूको उद्धारको प्रयास जारी छ । प्रहरी अधिकारीहरूले बताएअनुसार, आगो सुरुमा भवनको भुइँ तलाको पसलहरूमा लागेको थियो र छोट सर्किटका कारण फैलिएको देखिन्छ ।

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक

Read More »