वित्त र विकास बैंक समुह चम्किँदा नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । बुधबारको कारोबारमा सामान्य करेक्सन देखिएको नेप्से यस दिन ९।२३ अंकले बढेको हो । सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४/६१ विन्दुमा पुगेर रोकिएको छ । यस दिन फ्लोट इण्डेक्स ०।६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०/४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०/१४ अंकले घटेका छन् ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।

यसदिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतले उकालो लागेको छ । कारोबारमा आएका कम्पनीमध्ये कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६/२५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये बिहीबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २/३८ प्रतिशतले बढेको छ । साथै, विकास बैंक, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । यता, व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १/१५ प्रतिशतले घटेको छ ।

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी

Read More »

नेविसंघ अध्यक्षद्वारा गगनलाई विद्यार्थी संगठन खारेज गर्ने निर्णयबारे धारणा सार्वजनिक गर्न आग्रह

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसका सभापति गगन थापालाई विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टीको आधिकारिक

Read More »

सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार

Read More »

दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रवर्द्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको

Read More »

विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।  सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी

Read More »

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङसहितका सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५०

Read More »