राष्ट्रिय सभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ ।

आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले  माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै अपिल गर्ने निर्णय गरेको हो ।

दलका नेता एवं कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा (एमाले) को एघारौँ महाधिवेशनबाट मुख्यमन्त्री कँडेल केन्द्रीय सचिव पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

त्यसैगरी, बैठकले माघ १८ गतेदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरू सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ ।

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »

कांग्रेस सभापति गगन थापा पुगे चितवन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।  उनलाई भरतपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा

Read More »

रास्वपाको महाधिवेशनमा सहभागी हुन काँग्रेस सभापति थापा आफैँ जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं सहभागी हुने भएका छन्।

Read More »

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा आउँदै, सुरक्षा व्यवस्था कडा पारियो

हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको आफ्नै नवनिर्मित

Read More »