हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको आफ्नै नवनिर्मित भवनको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले हेटौंडा आउन लागेका हुन् ।
अर्थमन्त्री वाग्लेको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन् । कार्यक्रमस्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जनाइएको छ ।
नेपाल बैंकको नवनिर्मित भवन उद्घाटनसँगै बैंकिङ सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, बैंकका उच्च पदाधिकारी,उद्योगी–व्यवसायी तथा सर्वसाधारणको समेत सहभागिता रहने बताइएको छ ।










