काठमाडौँमा तुवाँलो, जाडोले जनजीवन प्रभावित

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज बिहानैदेखि तुवाँलो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै तुवाँलो र चिसो बढेको हो । यसले गर्दा दृश्यता कम भएर सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरूले पनि जाडोको मार खेपिरहेका छन् ।

दिउँसो घाम लागे पनि तुवाँलो पूरै नहट्ने सम्भावना छ, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ । उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् । तुवाँलो कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुनसक्ने बताइएको छ ।

तराईका जिल्लाहरूमा त झन् बाक्लो तुवाँलो र कुहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । तराईमा दृश्यता निकै कम भएकाले सडक दुर्घटनाको जोखिम बढेको छ भने स्कुलहरूमा बिदा दिने क्रम जारी छ । मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नभएकाले चिसो अझ बढ्न सक्ने अनुमान छ ।

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »

कांग्रेस सभापति गगन थापा पुगे चितवन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।  उनलाई भरतपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा

Read More »

रास्वपाको महाधिवेशनमा सहभागी हुन काँग्रेस सभापति थापा आफैँ जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं सहभागी हुने भएका छन्।

Read More »

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा आउँदै, सुरक्षा व्यवस्था कडा पारियो

हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको आफ्नै नवनिर्मित

Read More »