जेनजी सहिदका माग पूरा गर्न जनचाहना नबुझ्ने शक्तिलाई विस्थापित गर्नुपर्छ : कुलमान घिसिङ

पाटन : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणसँग छलफल भई प्राधिकरणको बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको जानकारी दिनुभएको छ ।

युनाइटेड नेप्लिज एसोसिएसन टेक्सास (युएसए), युनाइटेड नेपाली ड्यासपोरा (युएसए) र एमआइटी ग्रुप फाउन्डेसन अस्ट्रेलियाको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित ‘जेनजी सुशासन योद्धा’ विषयक सहिद परिवारसँगको संवाद तथा भेटघाट कार्यक्रममा अध्यक्ष घिसिङले बोर्डको स्वीकृतिपछि हाललाई निवेदन दिएका २७ जनाका लागि रोजगारीको व्यवस्था गरिएको बताउनुभयो ।

“हाललाई निवेदन दिएकामध्ये २७ जना गएर काम गर्न सक्नुहुन्छ, बाँकीका लागि पनि थप व्यवस्था गर्दै जानेछौँ । यसका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग निरन्तर समन्वय र सहकार्य गरिनेछ,” अध्यक्ष घिसिङले भन्नुभयो । उहाँले मुलुकको हित र जनचाहना नबुझ्ने शक्तिलाई विस्थापित गर्दै जेनजी सहिदका माग पूरा गर्न सकिने धारणा पनि व्यक्त गर्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका घिसिङले सहिद परिवारको भावना आफूहरूले गहिरो रूपमा बुझेको उल्लेख गर्दै, बोल्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । “सहिद पार्क र सालिक निर्माणका विषयमा म सरकारमा हुँदा सकारात्मक छलफलपछि तयारी थालिएको थियो । उज्यालो नेपाल पार्टी संसद्मा पुगेपछि सहिद परिवारका भावनालाई प्रभावकारी रूपमा सम्बोधन गर्नेछ,” उहाँले भन्नुभयो ।

अध्यक्ष घिसिङले राज्यको जवाफदेहिताका लागि सहिद र घाइतेका परिवारसँग पटक–पटक छलफलमा आफू संलग्न भएको उल्लेख गर्नुभयो । “सहिदको सम्मानका लागि मन्त्रिपरिषद्मा पटक–पटक छलफल गरेका थियौँ । आगामी फागुन २१ गते निर्वाचन हुँदैछ, त्यसपछि बन्ने संसद् र सरकारले सहिद, घाइते तथा उहाँहरूका परिवारका विषयमा ठोस सम्बोधन गर्नेछ,” उहाँले बताउनुभयो ।

कार्यक्रममा सहिद धिरज श्रेष्ठका पिता नारायण श्रेष्ठले सहिद परिवारलाई एकताबद्ध गर्दै कल्याणकारी कार्यमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम संयोजक तथा युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक पासाङ लामाले नेपाल र नेपालीप्रतिको दायित्व पूरा गर्ने उद्देश्यले ११ वर्षअघि संस्था स्थापना गरिएको जानकारी दिँदै, देशमा आपत्कालीन अवस्था आउँदा संस्थामार्फत सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो ।

युनाइटेड नेप्लिज एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष दोर्जे शेर्पाले संवादबिना समझदारी सम्भव नहुने उल्लेख गर्दै, सहिदका सपना साकार पार्न सुशासन र न्यायपूर्ण समृद्ध नेपाल निर्माणका लागि साझा प्रतिबद्धतासहित सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »

कांग्रेस सभापति गगन थापा पुगे चितवन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।  उनलाई भरतपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा

Read More »

रास्वपाको महाधिवेशनमा सहभागी हुन काँग्रेस सभापति थापा आफैँ जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं सहभागी हुने भएका छन्।

Read More »

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा आउँदै, सुरक्षा व्यवस्था कडा पारियो

हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको आफ्नै नवनिर्मित

Read More »