राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ, ११ माघ । राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन भएको हो ।

निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरणअनुसार कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेको छ । मधेस प्रदेशमा ३६४ मध्ये ३४१, वाग्मतीमा ३३८ मध्ये ३१८, गण्डकीमा २२८ मध्ये २२३, लुम्बिनीमा २९९ मध्ये २८६, कर्णालीमा १९८ मध्ये १९१ र सुदूरपश्चिममा २२४ मध्ये २२० मत खसेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको आयोगले जनाएको छ ।

शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आयोगले धन्यवाद दिएको छ । सबै मतपेटिका जम्मा गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फ एक पदमा निर्विरोध भएको थियो । त्यहाँ उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको हो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा आउँदै, सुरक्षा व्यवस्था कडा पारियो

हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको आफ्नै नवनिर्मित

Read More »

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले

Read More »

रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनलाई लक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  नारायणगढ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सडकहरूमा सवारी साधनलाई रोक

Read More »

लेबनानमाथि इजरायलको आक्रमण नरोकिएपछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

काठमाडौं । इजरायलले लेबनानमा आक्रमण नरोकेपछि आक्रोशित भएको इरानले फेरि होर्मुज जलडमरू जलमार्ग बन्द गरेको छ । इरानको संयुक्त सैन्य कमान्डले सरकारी टिभीमा होर्मुज जलडमरू

Read More »

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »