पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई संयोजक दाहालको आग्रह

काठमाडौँ, ११ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा उहाँले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गर्नुका साथै सबै पक्षलाई समेट्नेगरी प्रतिनिधिसभा उम्मेदवार चयन गरिएको भन्दै अब पार्टीको पक्षमा माहोल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रत्येक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा जनमत, कार्यक्षमता र छविलाई आधार बनाइएकाले निर्वाचनमा राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको संयोजक दाहालको भनाइ थियो । संयोजक दाहालले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सकारात्मक बनेको बताउनुभयो । बैठकले बेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता नियुक्त गरेको छ ।

यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको छ । दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेपछि नयाँ नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा आउँदै, सुरक्षा व्यवस्था कडा पारियो

हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको आफ्नै नवनिर्मित

Read More »

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले

Read More »

रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनलाई लक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  नारायणगढ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सडकहरूमा सवारी साधनलाई रोक

Read More »

लेबनानमाथि इजरायलको आक्रमण नरोकिएपछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

काठमाडौं । इजरायलले लेबनानमा आक्रमण नरोकेपछि आक्रोशित भएको इरानले फेरि होर्मुज जलडमरू जलमार्ग बन्द गरेको छ । इरानको संयुक्त सैन्य कमान्डले सरकारी टिभीमा होर्मुज जलडमरू

Read More »

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »