नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, १४ माघ । अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो । आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ ।

बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुडविल फाईनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव शून्य सात प्रतिशतले घटेको छ ।

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी

Read More »

नेविसंघ अध्यक्षद्वारा गगनलाई विद्यार्थी संगठन खारेज गर्ने निर्णयबारे धारणा सार्वजनिक गर्न आग्रह

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसका सभापति गगन थापालाई विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टीको आधिकारिक

Read More »

सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार

Read More »

दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रवर्द्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको

Read More »

विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।  सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी

Read More »

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङसहितका सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५०

Read More »