संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्य निरन्तर भइरहेको जानकारी दिए । उनले संविधान जारी भएपछि हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेको बताए ।

उनले भने, ‘नेपालको संविधान जारी भएसँगै संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरु पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्यालय नेपाल सरकारले उच्च प्राथमिकताका साथ सम्पादन गर्दै आइरहेको छ । नेपालको संविधान जारी भएपछि हालसम्म १४६ वटा छुटछुट्टै ऐनहरु जारी भएको अवस्था छ । यसैगरी मौजुदा ऐनहरुलाई नेपालको संविधान अनुकुल बनाउन तथा संघीय शासन प्रणाली बमोेजिम सुधार गर्न विभिन्न मितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनहरु जारी भएका छन् ।’

मन्त्री सिन्हाले मौजुदा ऐनहरूलाई संविधानअनुकूल र संघीय शासन प्रणालीअनुसार सुधार गर्न विभिन्न मितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन’हरू जारी गरिएको बताए । ती संशोधनमार्फत प्रचलित ऐनहरूलाई संविधान र संघीयताको मर्मअनुसार परिमार्जन गरिएको उनले स्पष्ट पारे ।
साथै, प्रचलित नेपाल कानुनमा आवश्यक सुधार तथा परिमार्जनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अन्य सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक समन्वय गर्दै आएको मन्त्री सिन्हाले बताए ।

उनले भने, ‘विभिन्न मितिमा जारी भएका केही ऐनलाई संशोधन गर्ने ऐनहरुबाट प्रचलित ऐनहरुलाई नेपालको संविधान र संघीयता अनुकुल बनाइएको छ । प्रचलित नेपाल कानुन ऐनहरुमा गर्नुपर्ने सुधार तथा परिमार्जनको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल सरकारका अन्य मन्त्रालयहरुसँग आवश्यक समन्वय समेत गर्दै आएको छ ।’

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »