उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २६ माघ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरुले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति तथा पर्यटन क्षेत्र र जनस्तरको सम्बन्धलगायत विविध विषयमा छलफल भएको थियो । उपराष्ट्रपति यादवले नेपाल र जापानबीच इतिहास र संस्कृतिमा आधारित लामो सम्बन्ध रहिआएको बताउनुभयो ।

“सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग, निकटता र गहिरो मित्रताका साथ सम्बन्ध अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याएको छ ।” उहाँले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै यस वर्ष मनाइँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव, द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो ।

“नेपालका लागि जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहिआएको छ”, उहाँले भन्नुभयो, “सन् १९५४ देखि जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।” जापानबाट सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालले औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत क्षेत्रमा जापानको अनुभव, सीप र प्रविधिबाट लाभान्वित हुने अपेक्षा राखेको बताउनुभयो ।

“नेपाल २०२६ मा अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुँदै गर्दा जापानबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “द्विपक्षीय व्यापार विस्तार र लगानी आकर्षणमा ठूलो सम्भावना छ । नेपालले कानुनी तथा संस्थागत सुधारमार्फत जापानी लगानीकर्ताको हित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।” जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति कार्यक्रममार्फत नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्दै गौतम बुद्धको शिक्षाबाट प्रेरित सामाजिक–सांस्कृतिक सम्बन्ध नेपाल र जापानबीच गहिरो रूपमा विद्यमान रहेको बताउनुभयो ।

“बुद्ध जन्मस्थल लुम्बिनीले दुई मुलुकबीच बलियो पुलको काम गरेको छ”, जसको विकासमा जापानको सहयोगप्रति नेपाल हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ उपराष्ट्रपति यादवले भन्नुभयो, “बर्सेनि हजारौँ जापानी पर्यटक नेपाल भ्रमण गर्ने गरेका छन्, र भविष्यमा यो सङ्ख्या अझ बढ्ने विश्वास व्यक्त गर्दछु ।” उहाँले जापानमा करिब तीन लाख नेपाली समुदायको उपस्थिति द्विपक्षीय सम्बन्धको एक उल्लेखनीय पक्ष भएको उल्लेख गर्दै नेपालले जापान सरकारको सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

जापानका सम्राटको शुभजन्मोत्सवको अवसरमा काठमाडौँस्थित जापानी राजदूतावासद्वारा आयोजना गरिन लागेको स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरिएकोमा उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्दै सहर्ष सहभागी हुने बताउनुभयो । नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरुले नेपालको विकासमा जापान सदैव सहयोग गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “जापानमा रहेका नेपालीहरुले जापानी समाज र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।”

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »