ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहुबिच भेटवार्ता हुँदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच भेटवार्ता हुने भएको छ । बुधबार ह्वाइट हाउसमा उनीहरूबिच भेटवार्ता हुने भएको हो । इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता निर्णायक चरणमा पुग्नुका साथै मध्यपूर्वमा तनाव बढिरहेको समयमा दुई नेताबिच भेटवार्ता हुन लागेको हो । नेतान्याहुले भ्रमणअघि पत्रकारसँग कुरा गर्दै आफूले ट्रम्पलाई वार्ताका मूल सिद्धान्तबारे इजरायलको दृष्टिकोण प्रस्तुत गर्ने बताए ।

भ्रमणमा नेतान्याहुले इरानको युरेनियम समृद्धीकरण पूर्ण रूपमा रोक्न र हमास तथा हिजबुल्लाजस्ता सशस्त्र समूहलाई दिइने समर्थनमा कठोर अंकुश लगाउने सम्झौतामा जोड दिने अपेक्षा गरिएको छ । इरानले भने प्रतिबन्धहरू उल्लेख्य रूपमा खुकुलो नभएसम्म समृद्धीकरण सीमित नगर्ने अडान दोहोर्‍याएको छ । ट्रम्प सत्तामा फर्किएयता नेतान्याहुको यो छैटौँ अमेरिका भ्रमण हो ।

उनका कार्यालयले कुनै पनि सम्झौतामा इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्नुपर्ने र क्षेत्रीय मिलिसियालाई दिइने समर्थन अन्त्य हुनुपर्ने बताएको छ । यसैबिच अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेको छ । ट्रम्पले दोस्रो विमानवाहक स्ट्राइक समूह पठाउने सम्भावना रहेको बताएका छन् । गत महिना अमेरिकाले अब्राहम लिंकन नाम गरेको विमानवाहक जहाज सो क्षेत्रमै तैनाथ गरेको थियो ।

इरान सम्झौता गर्न इच्छुक रहेको दाबी गर्दै कूटनीतिक समाधान सम्भव रहेको ट्रम्पले बताएका छन् । तर सम्झौता नभए सैन्य कदम चाल्न सकिने चेतावनी पनि दिएका छन् । इजरायलले पनि आवश्यक परे इरानविरुद्ध एकपक्षीय सैन्य कारबाही गर्ने अधिकार सुरक्षित राखेको बताएको छ ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »