कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्डमा ४ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । पाकिस्तानको कराँची सहरमा बुधबार राति भएका चार छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मेमन गोठ क्षेत्रमा दुई पुरुषको गोली प्रहारबाट मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

प्रहरीका अनुसार दुवै मृतकहरुको टाउकोमा गोली लागेको थियो । घाइते महिलालाई सुपर हाइवे नजिकैको एक निजी आवासीय क्षेत्रछेउको झाडीमा फेला पारिएको हो । प्रारम्भिक बयानमा ती महिलाले दुई अज्ञात व्यक्तिले गोली चलाएर फरार भएको बताएकी छन् । घटनास्थलबाट प्रहरीले ९ एमएम पिस्तोलका खोका र खाली मदिराका बोतल बरामद गरेको छ । घटनाको कारण भने अझै खुल्न सकेको छैन् ।

यसैबीच, लुटपाटको प्रयास विफल पार्ने क्रममा हुजैफा नामका एक युवकलाई पेटमा गोली लागेर गम्भीर घाइते भएका छन् । स्थानीयले भाग्दै गरेका लुटेराहरूलाई समातेर कुटपिट गरेपछि प्रहरीको जिम्मा लगाएका थिए ।

त्यस्तै, दिल्ली कोलोनी क्षेत्रमा भएको अर्को गोलीकाण्डमा तीन जना घाइते भएका छन् । चारै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । यसअघि फेब्रुअरी ११ मा स्वातको शाना करपा हाजी अबाद क्षेत्रमा बालबालिकाबीचको विवादले उग्र रूप लिएपछि भएको झडपमा एक जनाको मृत्यु तथा सात जना घाइते भएका थिए ।

मृतकको पहिचान अधिवक्ता अत्ताउल्लाह जानका रूपमा भएको एआरवाई न्युजले जनाएको छ । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ र झडपसम्बन्धी सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ । उता, लाहोर उच्च अदालतले बसन्त पर्वका क्रममा भएका मृत्यु तथा घाइतेका घटनाबारे दायर निवेदनमाथि सुनुवाइ गर्दै गृह सचिव पञ्जाब र सिसीपीओसँग प्रतिवेदन माग गरेको छ ।

अधिवक्ता अजहर सिद्दिकले दायर गरेको निवेदनमा बसन्त पर्वका क्रममा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी नागरिक घाइते भएको दाबी गरिएको छ, जुन सरकारी दाबीभन्दा फरक रहेको उल्लेख गरिएको छ । एएनआई

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »