सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

सुडान । उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ । दुर्घटनापछि मृतकको शव बरामद भइसकेको र उनीहरूको नाम सूचीबद्ध गरेको तथा केही यात्रु अझै बेपत्ता रहेको बताइएको छ ।

स्थानीय सरकारको विज्ञप्तिमा डुङ्गा तैबा अल–खवाद र दिम अल–कराई गाउँहरू बिचको नदी पार गर्दै गर्दा दुर्घटनामा परेको उल्लेख गरिएको छ । यद्दपि, दुर्घटनाको कारण भने उल्लेख गरिएको छैन ।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले डुङ्गामा ३० जना सवार रहेको बताएको छ । सुडानीज डक्टरस नेटवर्कले एक विज्ञप्ति मार्फत डुङ्गामा सवार ६ जना यात्रुहरु जिवित रहेको जनाएको छ । नेटवर्कले उक्त घटनाले “नदी यातायातको नाजुकता र आधारभूत सुरक्षा आवश्यकताहरूको अभाव, अधिकारीहरू र नागरिक सुरक्षा उद्धार टोलीहरूको पूर्ण अनुपस्थिति“ उजागर गरेको छ ।

सुडानीहरू एकल–इन्जिन डुङ्गाहरू मार्फत एकल अपरेटरहरूको नेतृत्वमा नदी पार गर्ने गर्छन भने लगभग तीन वर्षदेखि चलिरहेको युद्धका कारण देशको पूर्वाधार ध्वस्त हुँदै गएको छ । युद्धले देशलाई सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिच विभाजित गरेको छ, भने सार्वजनिक सेवा , चिकित्सा र शैक्षिक पूर्वाधारमा गम्भिर गिरावट आएको छ ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »