जनमत पार्टीका साह लगायतका नेताहरु आजपा प्रवेश

काठमाडौं । जनमत पार्टीका नेता राजकुमार साह सहित दर्जनौं नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । रौतहटको क्षेत्र नं. १ का अध्यक्ष एवं यमुनामाई गाउँपालिकाको मेयर प्रत्यासी साह सहितका नेताहरु आज आजपामा प्रवेश गरेका हुन् ।

आजपा संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले साहलाई पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । चुनावी छलफल एवं भेटघाटका क्रममा रौतहटको विभिन्न गाउँमा पुगिरहेका त्रिभुवनले सोही क्रममा जनमत पार्टी परित्याग गरेका राजकुमारलाई पार्टी प्रवेश गराएका हुन् । 

आजपा प्रवेश गर्दै राजकुमारले उम्मेदवार त्रिभुवनलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विजयी बनाउने अभियानको कमाण्ड सम्हाल्ने र विजयी निश्चित गराउन सबैमा अपिल समेत गरे । सिस्टम सुधार र स्थिर सरकारका साथै आजपा नै समृद्धिको आधार भएको बताउँदै राजकुमारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र हाईज्याकरलाई पहिचान गरी बहिष्कार गर्नुपर्ने र जेनजीको माग पुरा गराउन मोबाइल छापमा मतदान गर्नुपर्ने सबैमा आग्रह गरेका छन् । 

रौतहट–१ का उम्मेदवार त्रिभुवनले आजै झिटकैया, सरउठा लगायतका गाउँमा चुनावी छलफल, भेटघाट गरेका छन् । भ्रष्टाचारी, लुटेरा, दलाल, जेनजी हत्यारा र हाईज्याकरलाई पहिचान गर्दै समृद्ध रौतहट र समृद्ध नेपाल निर्माणका लागि मोवाइलमा मतदान गर्नुपर्ने बताए । 

यसैगरी जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने राजकुमार सहितका नेताहरुलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गर्दै मोवाइल छापका उम्मेदवारलाई बिजयी बनाउने अभियानमा लाग्न शुभकामना व्यक्त गरेका छन् । 

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »