क्यारेबियन सागर क्षेत्रमा अमेरिकी आक्रमण, ३ जनाको मृत्यु

काठमाडाैँ । क्यारेबियन सागर क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ । उक्त कारबाहीमा कम्तीमा तीन जनाको मृत्यु भएको जानकारी शुक्रबार सार्वजनिक गरिएको हो ।

अमेरिकी दक्षिणी कमान्डले सामाजिक सञ्जालमार्फत दिएको विवरणअनुसार सो डुङ्गा ‘क्यारेबियन क्षेत्रमा परिचित लागुऔषध तस्करी मार्गमा आवागमन गरिरहेको र तस्करी अपरेसनमा संलग्न’ रहेको दाबी गरिएको छ । आक्रमणसँगै जोडिएको भिडियोमा डुङ्गा समुद्र सतहमा तीव्र गतिमा अघि बढिरहेको देखिन्छ र त्यसपछि विस्फोटसहित आगो लागेको दृश्य देखिन्छ ।

शुक्रबारको यो कारबाहीसँगै सेप्टेम्बरको सुरुदेखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागर क्षेत्रमा गरिएको कम्तीमा ३८ वटा यस्तै आक्रमणमा ज्यान गुमाउनेहरूको सङ्ख्या १३३ पुगेको उल्लेख गरिएको छ । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालदेखि कथित लागुऔषध डुङ्गाहरू लक्षित गर्दै सञ्चालन हुँदै आएका छन् ।

गत साता अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाले हालै गरेका कडा र प्रभावकारी आक्रमणका कारण त्यहाँ सक्रिय केही ठूला लागुऔषध तस्कर समूहहरूले आफ्नो तस्करी काम अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको बताउनुभएको थियो । तर उहाँले उक्त दाबीलाई पुष्टि गर्ने ठोस विवरण वा प्रमाण सार्वजनिक गर्नुभएको छैन ।

यसैबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकाका कार्टेलहरूसँग अमेरिका ‘सशस्त्र द्वन्द्व’ मा रहेको बताउँदै लागुऔषधको प्रवाह रोक्नका लागि यस्ता आक्रमण आवश्यक भएको धारणा व्यक्त गर्नुभएको छ । यद्यपि प्रशासनले ‘नार्कोटेररिस्ट’ भनिएका व्यक्तिहरूको हत्या भएको दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण भने सार्वजनिक गरेको छैन ।

क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध विरुद्धको यो सैन्य कारबाहीले क्षेत्रीय सुरक्षाबारे बहस चर्काइरहेको छ, जहाँ मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनी दायित्वका प्रश्नहरू पनि उठ्न थालेका छन् ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »