सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ आलडाँडा क्षेत्रमा बिजुलीको पोलमा चढेर काम गरिरहेका तीनपाटन गाउँपालिका–२ कदमे स्थायी घर भई हाल कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठ करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्थानीय स्तरमा इन्टरनेट (नेट) जडानसम्बन्धी काम गर्दै आएका श्रेष्ठले पोलमा चढेर तार व्यवस्थापन गर्ने क्रममा अचानक विद्युत् तारले छोएपछि अचेत भई पोलबाट तल खसेका थिए । उनलाई घटनालगत्तै स्थानीयवासीले उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुर्‍याएका थिए ।

अस्पतालले उनलाई उपचारको क्रममा मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुरक्षा उपकरण प्रयोग नगरी काम गर्दा करेन्ट लागेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »