सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ

काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरुले सरकारको नेतृत्व गर्न चाहेको बताएका छन् । आइतबार काठमाडाैँमा पार्टीको चुनावी घोषणा सार्वजनिक गर्दै उनले सरकारको नेतृत्व गर्नका लागि नै राजनीति गरिएको बताएका हुन् ।

अध्यक्ष घिसिङले सिंगै देशको समस्या समाधानका लागि संसदमा रहेर पनि आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताउने बताए । उनले सरकारमा गएपछि पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका अनुसारको काम गर्ने समेत बताए।

अध्यक्ष घिसिङले भने, ‘सबैले राजनीति गर्ने भनेको फेरी पनि सरकारको नेतृत्व गर्नका लागि नै हो । र त्यो सँगसँगै समाजमा देखिएका र देशको समस्यालाई समग्रमा विपक्षमा बसेर पनि र संसदको एउटा सशक्त प्रतिनिधि भएर पनि धेरैले धेरै आवाज उठाइरहेको हुन्छ ।

अब सरकारको नेतृत्व गर्नका लागि नै राजनीतिक दल खोलेको हुन्छ । राजनीतिमा आएको हुन्छ । त्यो नेतृत्व गर्नका लागि हामी सरकारमा जान्छौँ । र यो यो प्रतिवद्धता पूरा गर्छौ भनेर भन्छौँ ।’ अध्यक्ष घिसिङले मुलुकको समृद्धिका लागि जलविद्युतको उत्पादनमा जोड दिइएको समेत बताए।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »