एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए ।

उनले आगामी प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी गरे । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने शर्माको दाबी गरे । यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने उनको ठोकुवा छ ।

शर्माले भने, “नागरिकले नयाँ खोज्नुभएको हो भने जेन-जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस, परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो ।” दैनिकजसो कांग्रेसमा समाहित हुनेहरूको संख्या वृद्धि भइरहेको दाबी गर्दै शर्माले कांग्रेस पहिला भन्दा बलियो बनेको बताए । कांग्रेस आफैँ बदलिएर समाज र देश बदल्न अग्रसर भएको उनले बताए ।

“कसैले आफैँलाई बदल्न सक्दैन् तर, देश बदल्छु भन्छ भने त्यस्लाई पनि सुनौँला”, उनले भने, “तर जो आफूलाई बदल्न सक्छ त्यसले नै देश बदल्छ भन्ने मान्यता बमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको छ । दैनिक हजारौ मानिसहरू कांग्रेसमा समाहित हुनुभएको छ ।”

चितवनबाट थालेको यात्रा पश्चिमका जिल्ला पुगेर काठमाडौँ फर्केका शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ताहरू एक टिक्का भएर लागेको बताए । पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको शर्माको भनाइ छ । विशेष महाधिवेशनपछि बदलिएको कांग्रेसले आफूलाई अब्बल सावित गर्दै आएको छ । पार्टीले बुधबार ६ गते जनकपुरधामबाट पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »