पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण बन्यो

पर्वत, ४ फागुन । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन् । सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहँुच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कूल २१ मोटरवेल पुलको निर्माण भएका छन् ।

संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा विकासमा समीक्षामा भौतिक पूर्वाधार तर्फ पर्वत जिल्लामा उल्लेखनीय प्रगति भएको देखिन्छ । मुख्य गरी कालीगण्डकी नदी र मोदीखोला पर्वत जिल्लाका दुई ठूला नदी रहेका छन् । ती नदीहरुमा लामा पुल निर्माण भएका छन्, भने ग्रामीण क्षेत्रमा रहेका साना खोलामा छोटा पुलको निर्माण भएका छन् । निर्माण सम्पन्न भएका पुलहरुमा सडक सञ्चालन नियमित रुपमा भइरहेको छ । ती पुलहरुमा मोदीवेणीस्थित मोदी खोला, भूकताङलेको झिलिबराङमा भुरुङदीखोला, तिलाहारको रतीखोला, दुर्लुङ र बाजुङ जोड्ने आम्बोटखोला, जहरे– दोविल्ला, पकुवाआर्थर जोड्ने जहरेखोला गङ्गटे पुल छन् ।

यसैगरी नयाँ पुल– सेराबेँसी, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने मर्दि खोला, सेतीखोला, रिठेखोला, गेडीखोला, फलेवास नगरापलिकाको चिर्दीखोला मोटरवेल पुल रहेका छन् । यसैगरी यही अवधिमा बनेको सिब्दीखोला, पँैयू ६ सरौखोलास्थित छत्तिसेघाट, फलेवास–जैमिनिघाट, कालीगण्डकी, देविस्थान– कुर्घा जोड्ने लमायखोला, महाशिला वडा नं १ र पैयूँ– ६ जोड्ने अगुवाखोला, रानीपानी–इमिचौरदेखि गुल्मीपूर्तिघाट जोड्ने कालीगण्डकीे, मोदी १ स्थित भुकदेखि कास्की अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोला पुल, मध्यपहाडी राजमार्ग अन्तरगत तमादीखोला र बगरफाँट– बेनी जोड्ने कालीगण्डकी नदीमा ट्रस्ट ब्रिजनिर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसैगरी जिल्लामा अझै आधा दर्जन मोटरवेल पुलको मागभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ती पुलको डिपीआर तयार भए पनि बजेटको भने सुनिश्चित भइसकेको छैन् । मोदीखोलामा गाडतारा–आम्बोट तथा झाप्रे बगरमा मोटरवेल पुलको सम्भाब्यता अध्ययन सकिएको छ भने कल्लेरीघाट तथा बगरफाँटमा गरी दुई स्थानमा कालीगण्डकी नदीमा मोटरवेल पुलको निर्माण कार्यका लागि योजना सुनिश्चत हुन बाँकीे छ । कतिपय पुल सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय र कतिपय गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो । यी बाहेक मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुई पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »