विकास र सुशासनको एजेन्डासहित प्रकाश श्रेष्ठद्वारा घरदैलो अभियानको थालनी

काठमाडौं । नेकपा एमालेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा उम्मेदवार प्रकाश श्रेष्ठले ९३ वर्षीय जगतमान श्रेष्ठको आशिर्वाद लिएर घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ। काठमाडौं महानगरपालिका–१६ सोर्हखुट्टेबाट अभियानको औपचारिक सुरुआत गरिएको हो।

स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले आफ्ना योजना र प्राथमिकताबारे जानकारी गराउनुभयो। बागमती प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहनुभएका प्रकाश श्रेष्ठले विकास, सुशासन र जनउत्तरदायी राजनीति आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो। “स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने मेरो प्रतिबद्धता छ,” उहाँले भन्नुभयो।

यस अवसरमा जगतमान श्रेष्ठले उम्मेदवार प्रकाश श्रेष्ठप्रति विश्वास व्यक्त गर्दै भन्नुभयो, “देश र समाजका लागि इमानदारीका साथ काम गर्ने नेतृत्व आवश्यक छ। जनताको दुःख–सुख बुझ्ने व्यक्तिलाई समर्थन गर्नुपर्छ भन्ने मेरो चाहना हो। प्रकाश श्रेष्ठले जनताको पक्षमा काम गर्ने विश्वास छ, सफलताको कामना गर्दछु।”

घरदैलो कार्यक्रमका क्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियान आगामी दिनमा क्षेत्रका विभिन्न वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »