वडा नेतृत्व अग्रपङ्क्तिमा, काठमाडौँ–८ मा राजेश शाक्यको चुनावी अभियानले गति लियो

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ८ का उम्मेदवार राजेश शाक्यको जित सुनिश्चित गर्ने उद्देश्यले वडा नं. १३ मा चुनावी अभियान तीव्र रूपमा अघि बढाइएको छ। वडा नं. १३ का अध्यक्ष धुर्ब नारायण मान्नधर देखि सदस्यहरूसम्म एकढिक्का भई शाक्यको पक्षमा सक्रिय रूपमा परिचालन भएका छन् ।

घरदैलो कार्यक्रम वडा नं. १३ अन्तर्गत कालिमाटी क्षेत्रबाट सुरु गरिएको हो। कार्यक्रम प्रारम्भ गर्नु अघि टङ्केश्वरस्थित खुशी बहि मन्दिरमा दर्शन तथा पूजा अर्चना गरिएको थियो। धार्मिक आस्थासँगै जनसम्पर्कलाई जोड्दै अभियान अघि बढाइएको बताइएको छ।

घरदैलोका क्रममा उम्मेदवार शाक्यले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै पूर्वाधार विकास, सम्पदा संरक्षण, सरसफाइ व्यवस्थापन तथा स्थानीय रोजगारीका विषयमा आफ्ना योजनाहरू प्रस्तुत गरेका थिए। स्थानीयले पनि सडक स्तरोन्नति, ढल व्यवस्थापन, सार्वजनिक स्थल संरक्षणलगायतका मागहरू राखेका थिए।

अभियानमा स्थानीयको उल्लेखनीय तथा उत्साहजनक उपस्थिति देखिएको थियो। युवा, महिला तथा ज्येष्ठ नागरिकको सक्रिय सहभागिताले वडा नं. १३ मा चुनावी माहोल थप तातेको छ। वडा नेतृत्वसहितको एकढिक्का समर्थनले शाक्यको जिताउ अभियानलाई थप ऊर्जा मिलेको अभियान टोलीले जनाएको छ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »