गोरखामा राष्ट्रिय युवा संघ नेपाल द्वारा दुवै निर्वाचन क्षेत्मा QRT गठन

गोरखा । राष्ट्रिय युवा संघ नेपाल गोरखाले निर्वाचन क्षेत्र नं. १ र २ मा युवाहरूलाई संगठित र प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले Quick Response Team (QRT) गठन गरेको छ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै संघले वडा–केन्द्रित संरचना निर्माण गरी प्रत्येक नगरपालिका तथा गाउँपालिकामा जिम्मेवार युवाहरू तोकेको हो। संघका केन्द्रीय सदस्य एवम युवा नेता प्रविण अधिकारीका अनुसार QRT टोलीले पार्टीको विङ्सका रूपमा काम गर्दै टोल–टोल र वडाबाट नियमित रिपोर्टिङ गर्नेछ भने आवश्यक परेमा तत्काल परिचालन हुनेछ।

निर्वाचन क्षेत्र नं. १ अन्तर्गत गोरखा नगरपालिका, शहीद लखन गाउँपालिका, गण्डकी गाउपालिका, भिमसेन थापा गाउपलिका आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका सबै वडाहरूमा QRT को जिम्मेवारी तोकिएको छ ।
निर्वाचन क्षेत्र न-२ अन्तर्गत गोरखा न पा , पालुङटार न पा, सिरान्चोक गा पा, अजिरकोट गा पा र बारपाक सुलिकोट गा पा का सबै वडाहरुमा QRT को जिम्मेवारी तोकिएको छ ।

संघले गठन गरेको उक्त टोलीले निर्वाचन अभियानलाई थप व्यवस्थित, अनुशासित र सक्रिय बनाउने अपेक्षा गरिएको जनाएको छ। साथै, युवाहरूको भूमिकालाई सशक्त बनाउँदै संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने लक्ष्यसमेत राखिएको छ।

राष्ट्रिय युवा संघ नेपाल गोरखाले निर्वाचन मा युवा शक्ति एकजुट र तयारी अवस्थामा रहेको सन्देश दिएको छ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »