दुर्गा प्रसाईँलाई बिनासर्त तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्। वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेटेर प्रसाईँको रिहाइको माग गरेको छ।

‘बिना कारण पटकपटक पक्राउ गरिरहने र हिजो फेरि नियन्त्रणमा लिइ हिरासतमा राखिएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बिनासर्त तत्काल रिहा गर्न आज राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेटेर प्रसाईको रिहाइको माग गरेको छ। प्रसाईँलाई निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोपमा सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »