ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र समाजवादतर्फ प्रेरित गरोस् : झलनाथ खनाल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘ग्याल्पो ल्होसार’को अवसरमा सम्पूर्ण शेर्पा समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

बुधबार शुभकामना सन्देश जारी गर्दै खनालले पूर्वी हिमाली क्षेत्रसहित देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारलाई मौलिक र परम्परागत पर्वको रूपमा उल्लेख गरेका छन्। उनले यो पर्वले शेर्पा समुदायको सांस्कृतिक पहिचान र ऐतिहासिक परम्परालाई जगेर्ना गर्ने महत्वपूर्ण भूमिका खेलेको बताए।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि ग्याल्पो ल्होसार शेर्पा समुदायमा विविध सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइन्छ। यस अवसरमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्ने, परिवार र आफन्तजनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ।

खनालले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, सहकार्य, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। साथै उनले ग्याल्पो ल्होसारले सबै नेपालीलाई समाजवादको मार्गतर्फ अग्रसर हुन प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन् ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »