झापा ५ मा एमाले युवाको मार्चपास

दमक । आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले आज झापाको कमल गाउँपालिकामा युवाहरुको मार्च पास प्रदर्शन गरेको छ ।

क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट एमालेको मार्चपास शुरु भएको थियो । साविक लखनपुर खण्डका ५,६ र ७ का युवाहरुले लखनपुर चोक देखि पाडाजुङ्गी सम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए । यस्तै साविक तोपगाछी खण्डका युवाहरुले केराधाप चोक देखि केर्खा सम्म मार्च पास गरेको एमाले गाउँ कमिटी अध्यक्ष हरी ढकालले जानकारी दिए ।

नाचगान, झण्डा र नारा सहितको ¥याली समापनका क्रममा दुवै स्थानमा अलग अलग नेताहरुले संवोधन गरि आगामी निर्वाचनबाट एमालेको बहुमत आउने दावि गरेका थिए ।

मार्चपास पछि पाडाजुङ्गीमा आयोजीत कोणसभामा एमाले केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्रका परिचालन समिति संयोजक देवेन्द्र दाहालले यो क्षेत्रको मात्र नभई समग्र देशलाईनै विकासको नेतृत्व दिने पार्टी नेकपा एमाले मात्र भएको बताए ।

उनले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरि रहेको धारणा राखे ।

यस्तै मार्चपास पछि केर्खा बजारमा आयोजीत कोणसभामा एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले एमालेले मात्र यो देश र जनताको विकास गर्न सक्ने बताए । युवाहरुलाई भ्रममा पारेर केहि तत्वले देश र जनताका विचमा दुष्प्रचार गरि रहेको भन्दै उनले दुष्प्रचार र कुप्रसारका विरुद्ध जनता जागि सकेको तर्क गरे ।

झापा क्षेत्र नंं ५ मा नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेद्वार रहेका छन् । यस क्षेत्रमा एमालेले प्रत्येक वडा र टोल स्तर सम्म निर्वाचन परिचालन, प्रचार प्रसार लगायतका समितिहरु बनाई मतदातासँगको भेटघाट सघन बनाएको छ ।

यस्तै महिला, युवा, विद्यार्थी, किसान, मजदुर, बुद्धिजिवी लगायतका अलग अलग क्लष्टर समेत निर्वाचन परिचालनमा खटिएको पार्टीका केन्द्रिय सदस्य एवम् निर्वाचन प्रचार प्रसार उपसमितिका संयाजक ईन्द्र भण्डारीले जानकारी दिए ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »