बाँके–३ मा आजपाकी विध्या शर्माको चुनावी दौड, घरदैलोबाट जनसमर्थन सुदृढ

नेपालगंज, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं बाँके– ३ की उम्मेदवार विध्या शर्माले घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् । घरदैलो, भेला, छलफल, भेटघाट लगायत चुनावी कार्यक्रममा व्यस्त रहेकी शर्माले आज सम्पर्क कार्यालयका साथै निर्वाचन परिचालन कमिटी गठन गरेकी छन् ।

बाँकेको जानकी गाउँपालिका–३ करीयातीपूर्वा, भाटनपूर्वा, कोठारपुरमा आज चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उत्साह, उर्जा, परिवर्तनको आशा सहित सम्पन्न भएको र बाँके–३ का उम्मेदवार शर्माको पक्षमा जनलहर बढिरहेको उनका सहयोगी श्रीकृष्ण शर्माले जनाएका छन् । ‘आम जनता पार्टीका उम्मेदवारको पक्षमा जनलहर बढदै गइरहेको छ ।

यसपटक आम मतदाताले मोबाइल छापमा मतदान गरी मोबाइल छापका उम्मेदवारलाई बिजयी गराउन उत्साहित हुनुभएको छ,’ बाँके–३ का उम्मेदवार शर्माले बताइन् । चुनावी र्याली तथा घरदैलो कार्यक्रम गर्दै आम मतदातासंग शर्माले भेटघाट गरिरहेकी छन् । ‘परिवर्तनको लहर अब रोकिँदै, जनता जागिसकेका छन्् । मोबाइल चिन्हमा मतदान गरौं, नयाँ नेपाल निर्माण गरौं भन्ने उदेश्यले हामी जनताका बीचमा पुगिरहेका छौं, शर्माले बताइन् ।

शर्माले नेपालगंज स्थित भेरी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्दै यहाँको नागरिकलाई गुणस्तरीय स्वास्थय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘नेपालगंज लुम्बिनी प्रदेशको मात्रै नभई कर्णालीको समेत केन्द्र हो । तर नेपालगंजमा बाँके जिल्लाका मात्रै नभई कर्णाली सहितका अन्य जिल्लाबाट उपचार गराउन विरामीहरु आउने गरेका छन् ।

तर यहाँको सरकारी अस्पतालको सेवासुविधा गरिब, निमुखा, आवाज विहीन जनताले स्वास्थ्य उपचार नपाएको गुनासो छ,’ शर्माले भनिन्, ‘यस क्षेत्रमा एक मेडिकल कलेजको आवश्यक्ता छ । नेपालगंजको भेरी अस्पताललाई मेडिकल कलेज बनाउन म पहल गर्छु । जसले यस क्षेत्रका नागरिकले राम्रो स्वस्थ्य उपचारका साथै विद्यार्थीहरुले एमबिबिएससम्मको पढाई पनि गर्न पाउँछन् ।’

बाँके जिल्लामा स्वास्थ्यका साथै खानेपानी, जेष्ठ नागरिकलाई दिनुपर्ने सेवा सुविधा, कृषी, सिचाई, मल, बिउ लगायतका विभिन्न समस्याहरु भए पनि यहाँबाट यसअघि चुनावमा जित्ने नेताहरुले काम नगर्दा आम नागरिक समस्या भोग्दै आइरहेको उनले बताइन् । बाँके–३ बाट आफू बिजयी भए यि समस्याहरुको ठोस रुपमा समाधान गर्दै यहाँका नागरिकलाई अत्याधिक सेवा सुविधा दिलाउन काम गर्ने प्रतिबद्धता शर्माले व्यक्त गरेकी छन् ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »