काठमाडौंका मतदाता यसपटक मोबाइलमा मतदान गर्न उत्साहि : आजपा काठमाडौं–८का उम्मेदवार खगेश रञ्जित

काठमाडौं, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जित (रञ्जितकार)ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

रञ्जितले आज काठमाडौंको विभिन्न ठाउँमा पुगेर आम मतदातासंग चुनावी गतिविधिका बारेमा छलफलमा यसपटक मोबाइलमा मतदान गर्न अपिल गरेका छन् । काठमाडौं मुलुकको संघीय राजधानी भएकाले यसलाई सबै नेपालीको राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

‘धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पौराणिक र प्ररम्परागत कार्यहरुको निरन्तरता र प्रवद्र्धन गर्ने । घरेलु उत्पादनलाई कानुनी मान्यता र प्रभावकारी प्रोत्साहन सहित कर प्रणालीमा सुधार गर्दै करको दर न्यूनीकरण, कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड गर्ने । निशुल्क शिक्षा र स्वास्थय सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,’ काठमाडौं–८ का उम्मेदवार रञ्जितले भने ।

पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु काठमाडौंबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको रञ्जिले बताए । काठमाडौंको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »